११ मंसिर २०८३, बिहीबार

प्रचण्डले अहिलेको आन्दोलन शाकाहारी भयो भन्दै बिद्यार्थीलाई उक्साउने भाषण ठोके पछि

एसीपी संवाददाता

४ माघ २०७७, आईतवार १७:१० मा प्रकाशित

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको आन्दोलन शाकाहारी जस्तो भएकाले लाठी खाने खालको उत्तेजित आन्दोलन गर्न युवा–विद्यार्थीलाई उक्साउनु भएको छ ।

काठमाडौंमा आफूसम्बद्ध अनेरास्ववियुको भेलामा आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिँदै दाहालले भन्नुभयो, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको र त्यस्तो आन्दोलनको अग्रमोर्चामा आफै रहने भन्दै अध्यक्ष दाहालले थप्नुभयो, ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’

प्रधानमन्त्री ओलीले आफूले जनता हसाउँदा प्रचण्डलाई पीर परेको अभिव्यक्ति दिएका सन्दर्भमा दाहालले प्रतिनिधि सभा विघटनपछि देश स्तब्ध भएकाले आफू हाँस्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको भन्दै दाहालले घरपरिवारका सदस्य मरेपछि त्यसबेला हाँस्न नसकिने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओली जनताले गणतन्त्र ल्याउँदा रुँदै र बयलगाडाको कथा हाल्दै हिँडेको पनि उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीको भाषण र हँसाईलाई दाहालले ‘जोकरको जोकिङ’को संज्ञा पनि दिनुभयो । इमेजखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x