प्रतिगमनविरूद्ध प्रचण्ड-नेपाल नेकपा,कांग्रेस,जसपालगायतको मोर्चाबन्दी तयारी
नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानअनुसार प्रतिनिधि सभा पुर्नस्थापना हुने दावी गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तक्र्रियामा उहाले प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भएको भन्दै संविधानअनुसार नै प्रतिनिधि सभा पुर्नस्थापना हुने दावी गर्नुभएको हो ।
ेष्ठले अहिले नेकपाभित्र राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताउनुभयो । पार्टीको नाम र चुनाव चिन्ह आफुहरुले नै पाउने भन्दै उहाले यसमा कसैले दुविधा मान्न नहुने तर्क गर्नुभयो । ओली सरकारविरूद्ध संयुक्त आन्दोलन गर्नेबारे पनि छलफल भइरहेको श्रेष्ठले बताउनुभयो ।
त्यस्तै सो समूहका योगेश भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढाएको आरोप लगाउनुभयो । उहाले नेकपाबीचको नभई अग्रगमन र प्रतिगमनको लडाइँ भएको बताउनुभयो ।
नेता भट्टराईले प्रतिगमनविरूद्ध प्रचण्ड नेपाल पक्षीय नेकपा, कांग्रेस, जसपालगायतको मोर्चाबन्दी हुने तयारी रहेको बताउनुभयो ।


