१२ मंसिर २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक फाल्गुन २६ गते सम्मका लागि स्थगीत

एसीपी संवाददाता

२३ फाल्गुन २०७७, आईतवार १४:०२ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक फाल्गुन २६ गते सम्मका लागि स्थगीत भएको छ ।

सांसदहरुको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर स्थगित भएको हो। बैठक अब फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले रोष्टम घेराउ गरेर अवरोध गरेको थियो भने  प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो ।  संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिएसँगै कांग्रेस सांसदहरुले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै विरोध जनाएका थिए । बैठकमा कांग्रेस सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गर्नुभयो ।

संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदहरुले रोष्टम घेराउन गरेपछि सभामुखले बैठक स्थगीत गर्नुभएको थियो । त्यअघि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेका थिए ।  वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् । बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताउनुभयो ।

सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि प्रचण्ड–नेपाल पक्षका सांसदहरु बाहिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x