प्रतिनिधिसभा सदस्य मा. किशोर सिंह राठौरले अष्ट्रेलियाको डार्विन सिटीमा
नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य मा. किशोर सिंह राठौरले अष्ट्रेलियाको डार्विन सिटीमा अष्ट्रेलियाका उच्च पदस्थ व्यक्तित्वहरूसँग महत्वपूर्ण भेटघाट गर्नुभएको छ। उहाँले Deputy Chief Minister Gerard Maley, Minister Marie-Clare Boothby (Attorney-General), Minister for Tourism and Hospitality, र Minister Jinson Charles (People, Sport and Culture, Multicultural Affairs) संग भेट गर्नु भयो।
भेटका क्रममा मा. राठौरले अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको समस्याहरूमा अष्ट्रेलियन सरकारको ध्यानाकर्षण गराउनु भयो। उहाँले नेपालमा Australian Embassy स्थापना गर्न पहल गर्नुपर्ने आवश्यकता रहेको कुरा उठाउनुका साथै नेपाललाई विश्वको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्दै अष्ट्रेलियनहरूलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, नेपाल सम्भावनाको मुलुक भएको उल्लेख गर्दै, नेपालका विभिन्न क्षेत्रमा अष्ट्रेलियन सरकार र व्यवसायीहरूलाई लगानी गर्न आग्रह गर्नुभएको छ।
यस भेटघाटको समन्वय र व्यवस्थापनमा विशेष भूमिका खेल्नु भएको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनआरएनए एनटीका अध्यक्ष सन्जीव ढकाल गोर्खाली विशेष धन्यवाद ज्ञापन गर्दछौं।



