प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता
नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको खेलहरुमा धम्बोजी माबी, आदर्श स्कुल, युनाईटेड र जय बागेश्वरी बिजयी भएका छन।
आज दिउँसो भएको खेलमा धम्बोजीले पशुपती माबिलाई २५-९, २५-१९ ले आदर्शले सरस्वतीलाई २५-२,२५-२ ले युनाईटेडले होप इन्टरनेशनल स्कुललाई २५-१५,२५-१५ ले र जय बागेश्वरीले एन एम ए लाई २५-२०,२५-१३ ले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरेका छन।
आज बिहान भएको उदघाटन खेलमा पुरुषतर्फ युनाईटेड स्कुलले सगरमाथालाई १९-२५, २५-२३ र २५-१६ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गरेको छ। त्यस्तै दोस्रो खेलमा धम्बोजी मा. बि. ले महेन्द्र मा.बि. लाई २५-१६, २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा एन एम ए ले पशुपती मा.बि. राँझालाई २६-२४, १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भयो ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालनमा भईरहेको छ।
जेठ ३० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन । बुधबार क्वार्टर फाईनल र सेमीफाईनलका खेलहरु हुने आयोजक पूर्व खेलाडी समाज बाँकेले जनाएको छ।


