११ मंसिर २०८३, बिहीबार

प्रदेश १ को प्रदेशसभा बैठकलाई लक्षित गरी बैठक कक्षका सबै कुर्सी लक

एसीपी संवाददाता

६ माघ २०७७, मंगलवार १०:३३ मा प्रकाशित

प्रदेश १ को प्रदेशसभा बैठकलाई लक्षित गरी बैठक कक्षका सबै कुर्सी लक गरिएको छ । भोलिबाट सुरु हुने बैठक अगावै सबै कुर्सी लक गरिएको हो ।

लक गरिएको कुर्सी अब कसैले यताउता, सार्न, उठाउन नसक्ने बनाइएको हो । भोलिको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल हुँदैछ । अविश्वास प्रस्तावमाथिको छलफललाई नै लक्षित गरि कुर्सी लक गरिएको संसद सचिवालयले जनाएको छ ।

सदन चलिरहेका बेला अप्रिय घटना हुन नपाओस् भनेर लक गरिएको हो । छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै यसपटक प्रदेशसभा सचिवालयले विशेष तयारी गरेको हो । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x