१२ मंसिर २०८३, शुक्रबार

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा उर्फ अहिराज नियुक्त

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार १०:५१ मा प्रकाशित

रिक्त रहेको प्रदेश २ को प्रमुखमा राजेश झा (अहिराज) नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। उनी राजेश अहिराजको नामले परिचित छन्।
२०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका राजेश मधेश मामिलाका जानकार मानिन्छन्।
त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उनी पत्रकारितासमेत गर्दै आएका छन्। सेतोपाटिबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x