१२ मंसिर २०८३, शुक्रबार
प्रधानमन्त्रीले भिम रावललाई कारवाही गरे सुदुरपश्चिममा दिपावली मनाइने, राम नवमीमा कालो बोका चढाउने तयारी
काठमाडौं । अब केन्द्रीय कमिटी बैठकबाट स्पष्टिकरण सोध्ने निर्णय गराएका छन् । रावलमाथि स्पष्टिकरण सोध्ने निर्णय थाहा पाएपछि उनीबाट पीडित सुदूरपश्चिमका नेतामा खुसियाली छाएको छ ।
पीडित एक युवा नेताले रावललाई कारवाही भए सुदूरपश्चिममा दिपावली मनाइने बताएका छन् । नेकपा एमालेमा उपाध्यक्ष भीम रावल पार्टी अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । अर्कोतिर ओलीले रावललाई प्रदेश इन्चार्जबाट हटाएर कारवाही प्रक्रिया सुरु गरिसकेका छन् ।
साथै बोको बली चढाउने समेत बताएका छन् ।
उनले फेसबुकमा आक्रोश पोख्दै लेखेका छन्, ‘भीम रावललाई एमालेबाट कार्बाही भएको खबर संगै सुदुरपश्चिममा दिपावली हुनेछ। राम नवमीको अवसर जुटोस कालो बोकाको वली चढाउने छन । समय कति बलवान रहेछ ! हिजो एमालेमा डाको छोडेर कतिलाई रुवायौ हेक्का होला कि?’
Subscribe
Login
0 Comments


