२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओलिले भने अर्का अध्यक्ष प्रचण्डलाई के खोजेकै हो

एसीपी संवाददाता

२५ कार्तिक २०७७, मंगलवार १५:५६ मा प्रकाशित

पार्टी बैठक बोलाउने विषयमा नेकपाका दुई अध्यक्षबीच मंगलबार पनि तनावपूर्ण संवाद भएको छ । धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटमा तिक्ततापूर्ण संवाद भएको बताएका छन् ।

धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक अगाडि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बिहीबार बैठक बस्ने गरी सहमति गर्न प्रस्ताव गरेपछि उनीहरुबीच तनावपूर्ण संवाद भएको हो ।
सचिवालयका एक सदस्यका अनुसार दाहालले सचिवालय बैठकमा ओलीसँग भेटबारे बिफ्रिङ गरेका थिए, ‘मैले बिहीबार बैठक बसौं भनें । तर, उहाँ (ओली) ले तुरुन्तका तुरुन्तै किन गर्नुपर्‍यो ? पहिला हामी सहमति गरौं । त्यसपछि बैठक बसौंला भन्नुभयो । त्यसपछि मैले अब तुरुन्तै बैठक गर्नुपर्छ भनें। हामीले हिजोसम्म समय दियौं । अब भोलि तपाईं बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरेको थिएँ ।’

ती सचिवालय सदस्यका अनुसार दाहालले ओलीको भनाइ उद्धृत गर्दै बैठकमा बिफ्रिङ गरेका थिए, ‘तपाईंहरु भिड्नै खोजेको हो ? भिड्नै खोजेको हो भने भिडौं । तपाईंहरु एक्सनमा जानुभयो भने मैले भनेकै छु, म महाएक्सनमा जान्छु ।’

धुम्बाराहीमा मंगलबार साँझ बसेको दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले बिहीबारसम्म औपचारिक बैठकका पर्खने निर्णय गरेको छ । त्यत्तिबेलासम्म पनि ओली तयार नभए औपचारिक बैठकतिर अगाडि बढ्ने उनीहरुको योजना छ । इकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] प्रधानमन्त्री ओलिले भने अर्का अध्यक्… […]

1
0
Would love your thoughts, please comment.x
()
x