१४ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई अब अब घर पठाउनुपर्छ गगन थापा

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार ०३:३३ मा प्रकाशित

गगन थापाको दाबी– प्रधानमन्त्री ओलीले अनधिकृत काम गरे, अब घर पठाउनुपर्छ
कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अनधिकृत काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा थापाले नेपालको संविधानमा पाँच वर्षअघि प्रतिनिधिसभा विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताए ।

संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउने कुरा कहीँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनधिकृत रहेको दाबी गरे ।

संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएकोबाहेक केही गर्न नपाइने बताए । कांग्रेसले ओलीको कदमलाई असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको थापाले स्पष्ट पारे ।

रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोली नेकपा मिलाउन अझै सक्रिय


सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए । थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने बताए ।

थापाले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने भन्दै उनले असंवैधानिक काम गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रो गरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाइ छ । नयाँपत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x