३ श्रावण २०८३, आईतवार

प्रधानमन्त्री केपि ओलिले भोलि राजीनामा दिई नयाँ पुस्ताको नाम अघि सारे हुन्छ-शर्मा

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार ०३:४५ मा प्रकाशित

नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले साँच्चै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भए अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले भोलि बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिन सक्नुपर्ने बताएका छन् ।

एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो जवाफी दस्तावेजमा भनेजस्तै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नै गर्न चाहेको हो भने ओलीेले आफुले राजीनामा दिएर अर्को व्यक्ति जो हो त्यसलाई अगाडि ल्याउनुपर्ने बताएका हुन् ।

नेतृत्व हस्तान्तरणको सम्भावना कति छ भन्ने प्रश्नमा नेता शर्माले भने, ‘म यति कुरा भन्न चाहान्छु कि सम्माननीय प्रधानमन्त्री ज्युले भोलिकै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएर अर्को पात्रलाई को व्यक्ति हो त्यो अगाडि ल्याउनुहुनेछ ।’

उनले प्रधानमन्त्री ओलीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफुहरुको पूर्ण समर्थन रहने पनि बताए । ‘त्यसलाई हामी समर्थन गर्नेछौ । सिङ्गो स्थायी कमिटीले समर्थन गर्नेछ । त्यसो गर्दिने वित्तिक्कै अध्यक्ष प्रचण्डले त्यो कुरालाई समर्थन गर्नुहुनेछ । अनिमात्रै पार्टी नयाँ पुस्तामा जानेछ’ शर्माको भनाइ छ ।

नेता शर्माले जिम्मेवारीको हैसियतले पार्टी र सरकार सञ्चालनमा भएका कमी कमजोरीको दायित्व पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै बढी लिनुपर्ने बताएका छन् । जनताको दैनिक जीवनलाई प्रभाव पार्ने कुराहरुको सम्बोधन गर्न सरकार असफल भएको र त्यो कुरा पार्टीले उठाउँदा प्रधानमन्त्रीले बेवास्ता गरेकाले समस्या देखिएको शर्माको भनाई छ । रातोपाटीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x