प्रधानमन्त्री केपि ओलि संग समकक्षी प्रधानमन्त्री मोदी संग भेट्
एजेन्सी – बैंकक प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भएको । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको भारतिय पछ बताएको छ । भारतिय सरकारले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गरेको बताईएको छ । विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा सहमति बढाउने कुरा बताएका हुन । हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गरेको र छिटोभन्दा छिटो काम शुरु हुनेछ । 
थाइल्याण्डको बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनको समापनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-नेपाल सम्बन्धको समीक्षा गर्नुभयो र भौतिक तथा डिजिटल कनेक्टिभिटी, व्यापार र ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिको एक महत्वपूर्ण हिस्साको रूपमा वर्णन गर्दै दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोर्याए।



