प्रधानमन्त्री केपी शर्मा ओलीवरिुद्ध विपक्षी नेताहरुले एकजुट हुने तयारी
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीवरिुद्ध विपक्षी नेताहरुले एकजुट हुने तयारी गरेका छन् ।
शुक्रबार पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको बताउँदै अब आफुहरु एकजुट हुनुपर्ने बताएका हुन् ।
उनले ओलीले सुरुमा आफुलाई अपमान गरेको र पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरेको दाबी गरेका छन् ।
शुक्रबार पेरिसडाडाँमा प्रचण्ड र नेपाल पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको भेला पेरिसडाडाँमा राखिएको थियो ।
नेता नेपालले ओलीले सबै नेताहरुलाई पालैपालो धोका दिने, झुटो आश्वासन दिने भएकैले पार्टीभित्र नयाँ समीकरण बनेको बताएका छन् । नेता नेपालले पूर्व एमाले र माओवादीपक्षबीच विभाजनको स्थिती सिजर्ना हुन खोजेको तर यसलाई सम्भव हुँन नदिन आग्रह गरेका छन् ।


