४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

एसीपी संवाददाता

१८ मंसिर २०७७, बिहीबार १२:१५ मा प्रकाशित

इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा लिएकोमा विरोध गर्दै पुत्ला दहन गरेका हुन् ।

नेविसंघले सरकार निरंकुश भएको र प्रहरीलाई विपक्षीविरुद्ध परिचालन गरेको आरोप लगाएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारले अनेक बहानामा जनतालाई दु:ख दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नारावाजी गरेका थिए । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x