१ श्रावण २०८३, शुक्रबार

प्रमुख जिल्ला अधिकारी द्वारा होल्डिङ सेन्टर र हेल्थ डेस्कको निरीक्षण

एसीपी संवाददाता

१७ आश्विन २०७७, शनिबार १६:१० मा प्रकाशित

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ जमुनाह सिमाना पुगी नाकामा हुने समस्याका बारेमा जानकारी लिनु भएको छ । नेपाल भारत सिमा नाका जमुनाहस्थित होल्डिङ सेन्टर र हेल्थ डेस्कको अनुगमन तथा निरीक्षण गर्नु भएको बताईएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ, कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृष शाही, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाही तथा स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाका प्रतिनिधि लगायतले उक्त होल्डिङ सेन्टर र हेल्थ डेस्कको शनिबार बिहान अनुगमन तथा निरीक्षण गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज बिष्णु गिरीले फोनमा जानकारी दिनु भयो । अनुगमनका बारेमा स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले समाजिक संजालमा जानकारी दिएका हुन ।

डा.केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

बाँकेमा शनिबार थप ४३ जना संक्रमित थपिए ४२ निको भई घर फर्के

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x