१७ भाद्र २०८३, बुधबार

प्रमुख जिल्ला अधिकारी जोशी द्वारा जि.प्र.का. बाँकेको अनुगमन तथा निरीक्षण

एसीपी संवाददाता

८ जेष्ठ २०८२, बुधबार २३:३९ मा प्रकाशित

नेपालगंज – बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी द्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रहरी कार्यालय, बाँकेका हिरासत कक्ष, कार्यालय भवन शाखाहरुको अभिलेखिकरण ब्यवस्थापनको निरीक्षण गर्नुभयो । प्रमुख जिल्ला अधिकारीले प्रहरी सेवाको प्रभावकारिता, शान्ति सुरक्षाको अवस्था, विपद व्यवस्थापनमा प्रहरीको प्रयास, मानव अधिकार प्रवर्द्धनमा प्रहरीको भुमिका लगायत फैसला कार्यान्वयन र अनुसन्धान कार्यलाई गुणस्तरीय रुपमा सम्पन्न गर्नको लागि तदारुकता अपनाई अनुसन्धानात्मक कार्यलाई बस्तुनिष्ठ, पारदर्शी, विश्वासनिय बनाई प्रहरी सेवालाई अझ बढी व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्नसक्ने गरी कार्यसम्पादन गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै यस जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
निरीक्षण भ्रमणको क्रममा प्रमुख जिल्ला अधिकारी समक्ष जि.प्र.का. बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जि.प्र.का. बाँकेको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x