३२ असार २०८३, बिहीबार

प्रहरीमाथि आक्रमण भएपछि प्रहरीद्वारा गोली फायर

एसीपी संवाददाता

१८ माघ २०८१, शुक्रबार ०७:४७ मा प्रकाशित

लागुऔषध कारोबारी समात्न नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१२ पचगाँवा बस्ने ५२ वर्षका राजेश लोनियाको घरमा पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली फायर गरेको छ।

विशेष सूचनाका आधारमा लागुऔषधसहित कारोबारी समात्न पुगेको प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्न थालेपछि ४ राउण्ड गोली फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

पेस्तोल खोसेर कारोबारी भाग्न लागेपछि  गोली हान्नुपरेको र सो क्रममा लोनियाको बायाँ साँप्रामा गोली लागेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले  जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x