४ श्रावण २०८३, सोमबार

फाईजर बन्यो कोरोनाको पहिलो खोप

एसीपी संवाददाता

१८ मंसिर २०७७, बिहीबार ०५:३९ मा प्रकाशित

फाइजर र बाओएनटेकले विकास गरेको कोरोना भाइरस खोपलाई अनुमोदन दिनेमा बेलायत विश्वको पहिलो राष्ट्र बनेको छ। बिबिसीका अनुसार यो अनुमतिसँगै बेलायतका जनसाधारणलाई खोप उपलब्ध गराउन बाटो खुलेको छ। बेलायतका औषधि नियामक संस्था एमएचआरका अनुसार यी दुई कम्पनीले निर्माण गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएकाले सो अनुमति दिइएको हो।

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पहिलो चरणमा आगामी सातादेखि सुरु हुनेगरी खोपका ८ लाख डोज उपलब्ध हुनेछ। उनले बेलायती निकाय नेसनल हेल्थ सर्भिसले पहिलो चरणमा खोप पाउनेलाई सम्पर्क गर्ने पनि बताए। वृद्धवृद्धा, केयर होममा रहेका व्यक्ति तथा केही नेसलन हेल्थ सर्भिसका कर्मचारीले पहिलो चरणमा खोप पाउने बताइए पनि प्राथमिकताको सूची अझै सार्वजनिक नगरिएको बिबिसीले जनाएको छ। साधारणतया खोप निर्माणका विभिन्न चरण पार गर्दा १० वर्ष लाग्ने गरे पनि यो खोप सबै आवश्यक चरण पार गरेर १० महिनाभित्रै तयार भएको हो। बेलायतले २ करोड मानिसलाई पुग्नेगरी ४ करोड खोपको ‘अर्डर’ दिइसकेको छ।

फाइजर र बाओएनटेकले विकास गरेको कोरोना भाइरस खोपलाई अनुमोदन दिनेमा बेलायत विश्वको पहिलो राष्ट्र बनेको छ।

स्वास्थ्य सचिव ह्यानककका अनुसार बेल्जियम रहेको कम्पनीले जति छिटो खोप निर्माण गर्छ, त्यति नै छिटो त्यसलाई जनसाधारणसमक्ष पु-याइनेछ। उनले व्यापक स्तरमा अर्काे वर्षमा खोप उपलब्ध हुने बताए। ‘अर्काे ग्रीष्म ऋतु सबैले ढुक्कसँग मनाउन सक्छन्,’ उनले भने। बेलायती प्रधानमन्त्री बोरी जोन्सनले खोपका कारण जनजीवन र अर्थतन्त्र सामान्य अवस्थामा आउने विश्वास व्यक्त गरेका छन्।

बिबिसीका अनुसार बेलायतमा अस्पताल, खोप केन्द्र र समुदाय गरी तीन स्थानबाट खोप उपलब्ध गराइनेछ। यो प्रयोजनका लागि बेलायतका ५० अस्पताल तम्तयार भएर बसेका छन् भने कन्फरेन्स सेन्टर अथवा रंगशालालाई खोप केन्द्र बनाइएको छ। नेसलन हेल्थ सर्भिसका प्रमुख सर सिमोन स्टेफान्सले यो बेलायतको इतिहासमा सबैभन्दा ठूलो खोप अभियान हुने बताए। तर खोपको यो प्रतीक्षासँगै आम मानिसले सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क लगाउनुपर्ने र सेल्फ आइसोलेसनमा बस्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

यो खोप माइनस ७० डिग्री सेल्सियस ताफक्रममा राख्नुपर्ने हँुदा अस्पतालमा राख्न सजिलो हुने तर समुदायसम्म पु¥याउन कठिन हुने स्वास्थ्य सचिव ह्यानककले बताए। यो खोप दुई डोजमा दिइन्छ। पहिलो डोज लगाएको २१ दिनपछि अर्काे डोज दिइने बताइएको छ। नागरिकन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x