१२ असार २०८३, शुक्रबार

बन्दाबन्दिमा पनि हराउदै महिला वालवालिका

एसीपी संवाददाता

२० भाद्र २०७७, शनिबार ०५:१० मा प्रकाशित

बन्दाबन्दिमा पनि हराउदै महिला वालवालिका मानव बेचबिखन तथा ओसार पसारको अन्त्य

सुसंस्कृत , सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य ।


मानव बेचबखिन बिरुद्धको १४ औ राष्ट्र्रिय दिवश को अवसरमा सम्पुण माहानुभावहरुमा हार्दिक शुभकामना व्यतm गर्दछौ । प्राय दिवशहरु खुशियाली लागि मनाउने गरिएता पनि केही दिवशहरु दुख पिडा र समस्या बाट मुतिmका लागि चालिकएका कदमहरुलाई थप बल मिलोस नयाँ नयाँ योजनाहरु बनाउन सकियोस भन्ने उद्धेश्यका साथ बिभिन्न अभियानस्वरुप मनाउने गरिन्छ । यसै सन्दर्भमा मानव बेचबिखन बिरुद्धको १४ औ राष्ट्र्र्यि दिवशका सन्दर्भमा हामी सबैलाई मानव बेचबिखन बिरुद्ध एकता बद्ध भई क्रीयासिलताका लागि हार्दीक अपिल गर्दछौ ।
बर्तमान कोभिडको महामारी रहेको अवस्थामा यस दिवशलाई बिभिन्न तरिकाले आज देश भरि मनाई राखिएको छ । बिभिन्न संचारका माध्यम बाट जानकारी मुलक सुचनाहरु प्रकाशन , प्रसारण गरेर , सामाजिक संजालहरुमा मार्फत सुचना प्रवार्ह गरेर , भजुवल अन्तक्रीया लगायतका कार्यक्रम गरेर दिवश लाई मनाई राखिएको छ ।
हाम्रो देश र समाजका लागि मानव बेचबिखनको समस्या एक लज्जाको बिषय भएको हामी सबैका सामु जगजाहेर छ । आज काभिड १९ का कारण प्राय बिश्व नै ठप्प भएको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन जसका कारण आज हामी बन्दाबन्दिको सामाना गरि रहेका छौ । बन्दाबन्दिका कारण यातायात समेत बन्द रहेको अवस्थामा पनि महिला वालवालिका हराउनु दुखत कुरा हुनुका साथै कोरोना कहरका कारण बिभन्न देश तथा नेपालकै बिभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाई दिदि बैनिहरु फर्कीएर आ आप्mनो थाक थलोमा आउनु , रोजगारी गुमाउनु र श्रम समेत गर्न नपाउनुले झन आन्तरिक मानव बेचबिखनको जोखिमलाई बढावा मिलि रहेको घटना क्रमहरुले देखाई रहेको छ । जसका कारण पनि अव राज्यको एवं हामी सबैको ध्यान यसको रोकथामका लागि झन बढि केन्द्रित हुनु पर्ने आवश्यकता देखिएको छ ।

केशव कोईराला
माइती नेपाल , नेपालगंज

जुन कुरा यस माइती नेपाल नेपालगंजमा प्राप्त भएका घट्नाक्रमहरुले पनि देखाई रहेका छन् । यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रहि जोखिमपुर्ण यात्रारत ५७७ महिला वालवालिकालाई नेपाल भारत सिमाना जमुनाहा बाट नेपाल प्रहरी सँगको समन्वयमा उद्धार गरिएको थियो जस मध्य १ –एक) जना बन्दाबन्दिको समयमा राकथाम तथा उद्धार गरिएको थियो । यसै गरि यो एक वर्षको अवधिमा ५८५ जनाको खोज तलास तथा उद्धारको लागि निबेदन परेकोमा २८० जना फेला परेका थिय भने जस मध्ये बन्दाबन्दिको समयमा १७ जना महिला वालिवालिका हराको निबेदन परेकोमा ५ जना फेला परेका थिय भने अरुको खोजि कार्य भई रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x