१ श्रावण २०८३, शुक्रबार

बर्दियाका शिक्षकलाई लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण तालिम

एसीपी संवाददाता

९ कार्तिक २०८१, शुक्रबार १९:२९ मा प्रकाशित

नेपालगन्ज, कात्तिक ९ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत बर्दियाको गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजय कुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नु पर्ने कुरा महत्वपूर्ण भएको बताउनु भयो ।
उहाँले लैङ्गिक रूपान्तरण शिक्षाको नीति निर्माणमा कार्य गर्ने कुरालाई जोड दिनु पर्ने बताउनु भयो । पूर्व मन्त्री गौतमले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै काम भएको बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद साखाका प्राबिधिक सहायक चन्द्र बहादुर खत्री, बाँके युनेस्को क्लबका अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु चौधरी र फिल्ड सुपरभाइजर भगवती बिक को पनि उपस्तिथी रहेको थियो ।
तीन दिनसम्म सञ्चालन गरिने सो तालिममा गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकाका सामुदायिक बिद्यालयहरुका प्रधानाध्यापक र जेसी फोकल शिक्षकहरु गरि २१ जनाको सहभागिता रहेको छ । बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले सो तालिममा सहजीकरण गर्नु भएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x