बर्दियाको मधुवन नगरपालिकामा मानसिक स्वास्थ्य र मनो-सामाजिक मनोपरामर्श तालिम
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा “गर्ल्स स्ट्यान्डिङ स्ट्रङ प्रोजेक्ट” अन्तर्गत बर्दियाको मधुवन नगरपालिकामा मानसिक स्वास्थ्य र मनो-सामाजिक मनोपरामर्श तालिम सम्पन्न गरेको छ । किशोरीहरूलाई व्यक्तिगत, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरू सामना गर्न आवश्यक सीप, ज्ञान, र भावनात्मक सहनशीलता प्रदान गर्नु, उनीहरूको भावनात्मक कल्याणलाई बढावा दिने, आत्म-विश्वास र आत्म-सम्मान निर्माण गर्ने, आत्म-मूल्यलाई प्रोत्साहन दिने, सचेत निर्णय लिन सशक्त बनाउने, सामना गर्ने रणनीतिहरू, सञ्चार र अन्तरव्यक्तिगत सीपहरू विकास गर्ने, मानसिक स्वास्थ्यको चेतना फैलाउने, समस्या समाधान र निर्णय लिने क्षमता विकास गर्ने लक्ष्य का साथ सन्चलित उक्क्त कार्यक्रममा
गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका जम्मा २६ जना किशोरी क्लब का सदस्यहरू सक्रिय रूपमा सहभागी भए। प्रशिक्षणको क्रममा प्रशिक्षक सुमन धिमालले मानसिक स्वास्थ्य, मनो-शिक्षा, तनाबका मनोवैज्ञानिक कारकहरू, डिप्रेसन (उदासीनता), कनभर्सन डिसअर्डर (रूपान्तरण विकार) आदिबारे अभिमुखीकरण गराउनु भयको थियो ।
समापन समारोहमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षता सम्पन्न कार्यक्रममा सस्थाका प्रमुख संरक्षक परवेज अली सिद्दीकी र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङको विशेष उपस्थिति रहेको थियो। समापन सत्रमा बोल्दै पञ्चम गुरुङले किशोरीहरूको अधिकारबारे प्रकाश पार्दै, आत्म-संरक्षण, मनो-शिक्षा, तनाव व्यवस्थापन, आत्म-विश्वास र आत्म-सम्मान निर्माण तथा सामना गर्ने रणनीतिहरू विकास गर्न प्रेरित गर्नु भयको थियो । सहभागी किशोरी निशा चौधरीले आफ्नो अनुभव व्यक्त गर्दै सिकेका सीप र ज्ञानलाई जीवन र परिवारमा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत ईश्वर बिकले गर्नुभएको थियो भने कर्यक्रम सम्योजक गोविन्द प्रसाद लमिछाने मुल्यन्कन अधिकृत जनक राम थारु फिल्ड कर्मचारी भगवती बिक, नग्मा मनीहार, राम थारु र मिनु थारु को सहभागिता रहेको थियो।
कार्यक्रम उपलब्धी मुलक साथै किसोरिहरुमा देखिने मनोसामजिक समस्या हरुलाइ कम गर्दै उनिहरुको शिक्षा स्व्वस्थ्य संरक्षन लगायत समग्र हितका लागि तालिम प्रभावकारी भयको सहभागिले जोड दियका थिए ।




