बर्दियामा स्थानीय कुखुरापालन व्यवसायका लागि स्टार्टअप सहयोग (अनुदान) कार्यक्रम सफलतापूर्वक सम्पन्न
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा ग्रीन इकोनोमी परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नं. ९, बर्दियामा स्थानीय कुखुरापालन व्यवसायका लागि स्टार्टअप सहयोग (अनुदान) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका १६ जना युवतीहरूलाई स्टार्टअप सहयोग प्रदान गरिएको थियो। सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता (CVA) मार्फत रू. २३,७३० बराबरको सामग्री वितरण गरिएको थियो।
यस कार्यक्रमको मुख्य उद्देश्य युवतीहरूलाई हरित उद्यम स्थापना र सञ्चालनमा सहयोग पुर्या०उने, स्वरोजगार तथा आर्थिक स्वतन्त्रताको मार्गद्वारा असमानता, हिंसा र बालविवाह न्यूनीकरणमा योगदान पुर्याएउने रहेको छ।
उक्त वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष श्री रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा ठाकुरबाबा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री अमिन थारु र वडा नं. २ का वडा अध्यक्ष श्री कमल प्रसाद चापाइ सहभागी हुनु भएको थियो। अन्य विशिष्ट अतिथिहरूमा मुख्य संरक्षक श्री परवेज अली सिद्दिकी, वरिष्ठ सल्लाहकार तथा पत्रकार श्री नीरज कुमार गौतम, सल्लाहकार तथा पत्रकार श्री कमल पन्थी लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा परियोजना प्रमुख श्री राधे कृष्ण थारुले परियोजनाको उद्देश्य, गतिविधि र यस सहयोगको महत्वका बारेमा जानकारी दिनु भएको थियो भने कार्यक्रम व्यवस्थापन फिल्ड सुपरभाइजर कञ्चन दहितले गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्री अमिन थारुले सबैलाई हार्दिक स्वागत गर्दै युवतीहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवन निर्माणका लागि प्राप्त सीप र अवसरको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले ठाकुरबाबा नगरपालिकाका युवाहरूलाई स्वरोजगारमा प्रोत्साहित गर्न बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा गरिएको प्रयासको प्रशंसा गर्दै यसले वैदेशिक रोजगारीका लागि हुने युवा पलायन न्यूनीकरणमा सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले सिकेका सीप र प्राप्त सहयोगको सदुपयोग गर्न पनि सहभागीहरूलाई अनुरोध गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष श्री रवि कुमार तुलाधरले सहभागी युवतीहरूलाई प्राप्त सहयोगको अधिकतम उपयोग गर्न अनुरोध गर्दै भविष्यमा पनि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो अवसरको अधिकतम उपयोग गर्नुहोस्। हाम्रो संस्था सधैं तपाईंहरूको साथमा रहनेछ ।



