२४ श्रावण २०८३, आईतवार
बाँकेमा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट
बाँकेमा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको छ ।

बाँके जिल्ला राप्ती पारी नरैनापुर, गाउँपालिका, वडा नं. ५, मोतिपुर र राप्तीसोनारी, गाउँपालिका, वडा नं. ०६ हव्रहवा भन्ने ठाउँमा अवैध घरेलु मदिरा उत्पादन भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिई गई खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ९४० लिटर फेला पारी बरामद गरी रितपूर्वक नष्ट गरिएको प्रमुख प्रहरी निरीक्षक सुरेश कोईरालाले जानकारी दिनु भयो ।
प्रहरीले अबैध मदिरा बनाउने र जथाभावी बेच्नेलाई निगरानी गर्दै आएको छ ।मदिरा बनाउने कच्चा पदार्थले मानिसको ज्यान जोखिममा हुने खतरा समेत हुने गरेको स्थानीयले बताएका छ्न ।
Subscribe
Login
0 Comments


