१ श्रावण २०८३, शुक्रबार
बाँकेमा आईतबार २३ जना कोरोनामुक्त भई डिस्चार्ज

बाँकेमा आईतबार २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति,
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक चिकित्सकसहित ११ महिला र १२ पुरुष गरी २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठ बताउनु भयो ।
योसँगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ ।

उनिहरुलाई भदौ २८ गते कोरोना संक्रमण देखिएपछि जिल्लाको विभिन्न आइसोलेसशनमा राखिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेशन केन्द्रमा हाल ३ सय ५९ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५ रहेको छ भने १२ जनाको मृत्यु भईसकेको छ ।
Subscribe
Login
0 Comments



