१ श्रावण २०८३, शुक्रबार

बाँकेमा थप दुई जना संक्रमितको मृत्यू

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार ०३:१३ मा प्रकाशित

बाँकेमा कोरोना भाइरस संक्रमणबाट मंगलवार थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ३९ बर्षीय एक जना पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ बर्षका एक जना पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालका कर्मचारी समेत रहेका ती ३९ बर्षीय पुरुषले स्वास्थ्यमा समस्या आएपछि भदौ ३० गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए उनको ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई कोहलपुर मेडिकल कलेजको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उनको उपचारकै क्रममा विहान साढे तीन बजे मृत्यु भएको श्रेष्ठले प्रेस नोटमा मार्फत जानकारी दिनु भयो । त्यस्तै स्वास्थ्यमा समस्या भएपछि असोज ४ गते अस्पताल भर्ना भएका कोहलपुरका ५३ बर्षीय पुरुषको ६ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । सुगरका विरामी समेत भएका उनको उपचारकै क्रममा विहान सवा ४ बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि दुवैजनाको फोक्सोमा निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] बाँकेमा थप दुई जना संक्रमितको मृत्यू […]

1
0
Would love your thoughts, please comment.x
()
x