१ श्रावण २०८३, शुक्रबार
बाँकेमा बुधबार ३४ जना निको भई घर फर्के

बाँकेमा बुधबार पनि ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बुधबार निको हुनेहरुमा १७ महिला र १७ पुरुष गरी ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार उनिहरुलाई भदौ ३१ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ४१ पुगेको श्रेष्ठले बताउनु भयो । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ९ सहित ३ सय ४० जना सक्रिय संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ८७ रहेको छ भने मंगलबार बाँकेमा ३ जना गरी अहिले सम्म १५ जनाको मृत्यु भएको श्रेष्ठले प्रेस नोटमा जनाएका छन् ।
Subscribe
Login
0 Comments



