३२ असार २०८३, बिहीबार

बाँकेमा यसरी बचेको थियो जबज र केपी ओली समुह- रुद्र सुवेदी

रुद्र सुवेदी

१८ माघ २०८१, शुक्रबार १४:५० मा प्रकाशित<

पार्टी भित्र अन्तर संघर्षको चरमचुली थियो । त्यतिबेला पार्टीमा माधव नेपालको एकलौटी राज थियो । माधव नेपाल समुहले यतिसम्म गथ्र्याे कि विद्यार्थी, युवा, पत्रकार, शिक्षकलगायतका जनवर्गिय संगठनहरुमा संस्थापन इतरलाई कुनै स्थानमा टिक्न दिदैनथ्ये । उनीहरुको हेपाई र पेलाईको कुनै सिमा नै थिएन । २०६४ सालमा प्रेस चौतारी बाँकेको जिल्ला अधिवेशनमा अध्यक्षको प्रत्याशी थिए । त्यतिबेला मलाई केपी ओलीको मान्छे भनेर किनारा लगाईयो । जवकी त्यो बेलामा हालका पार्टी अध्यक्ष केपी ओली स्थायी कमिटी सदस्य मात्र हुनुहुन्थ्यो मैले उहाँलाई प्रत्यक्ष भेट्ने मौका समेत पाएको थिएन । जिल्ला दौडाहमा आउदा उहाँसंग सामिप्य बढाउनेलाई छानिछानी कारवाही गर्ने चलन थियो ।

संयोगले २०६६ मा कागताली परेर म प्रेस चौतारी बाँकेको नेतृत्वमा आउने अवसर प्राप्त गरे । संयोगवस मेरो कार्यकालको सुरुवात सपथग्रहरण र पहिलो पत्रकार सम्मेलन श्रद्धय अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनपुग्यो । दुईवर्ष अघि केपी ओली गुटको भनेर लगाईएको आरोप सयोगले भएपनि सत्यमा परिणत हुन पुग्यो । (हेर्नुस फोटो )

यो अवस्थासम्म पुग्दा मैले श्रद्धय नेतासंग दोहोरो वार्तालाप गर्ने अवसर पाएको थिएन । तर, पनि मलाई जिल्ला तहमा भने केपी विचार समुहको व्यक्ति नै भनेर किनारा लगाउथे । मैले आफ्नो कार्यकाल मै डिल्ली विसी र भेषराज बस्नेतको सहयोगमा अरुले लगाउने आरोपलाई एर्थातमा परिणत गर्ने सरसल्लाह गरेर केपी ओली गुट बनाईयो ।

बाँकेमा हामी ३ जनाबाट सुरु भएको केपी ओली गुटका मठाधिशहरुको संख्या र शुद्धता छुट्ट्याउन अहिले कठिन छ । जस्तो ब्रमोजियाको बाजेको पहिलो पेठा पसल छुट्टयाउन सकिदैन त्यसरी नै काठमाण्डौ बालकोट र बालुवाटारमा पुगेर फोटो खिच्ने अनि जिल्ला फर्किएपछि दोहोरो चरित्र बनाउनेहरु कै रजगज छ । यतिखेर पार्टीको ंिसगो बागडोर मात्र नभएर देश हाक्दै आउनु भएका श्रद्धय नेताको साथमा,घरमै गएर (बालकोट) वा बालुवाटार गएर फोटो खिच्नेहरुको ताँती छ । नजिकिनेहरुको ताँती छ । तर, आज त्यो ताँतीमा देखिनेहरु हिजो केपी ओलीका नाममा घृणा गर्ने मात्र होईन कमिटीमा बस्न पनि सुहाउदैन भनेर धुत्कार्नेहरु कै बाहुल्यता छ । म झलझली ती दिनहरु सम्झन्छु पार्टी अध्यक्ष केपी ओलीलाई हिजो प्रतिगामी भन्ने मुख, स्ट्याटर लेख्ने हातहरु आज जिल्ला बाहिर संघिय राजधानीमा हुँदा एउटा चरित्र जिल्लामा आउदा अर्को चरित्र देखाउनेको भिड बढ्दो छ ।

पार्टी नेता माधव नेपाल पार्टी महाधिवेशनको तयारीको लागि बाँके आउनु भयो । पार्टीका केन्द्रीय नेता आउदा प्रेस चौतारीले पत्रकार सम्मेलन गर्ने परिपाटी छ । त्यसै परिपाटी अनुसार एकजना मारवाडि नेताको घरमा माधव नेपालको पत्रकार सम्मेलन गर्नु परो भन्ने दवाव आयो । म त्यतिबेला पत्रकार महासंंघको नेतृत्वमा थिए । चौतारीले पार्टीका केन्द्रीय नेता आउदा खर्च व्यवस्थापनको लागि पार्टी अध्यक्ष–प्रचार विभाग हुदै चौतारीलाई निर्देशन आउने र पत्रकार सम्मेलन पार्टी कार्यालय मै गर्नुपर्ने नियम बनाएका थियौ । त्यो अनुरुप पार्टी अध्यक्ष नन्दलाल रोकायलाई माधव नेपालले आफ्नो पत्रकार सम्मेलन आयोजना गर्नको लागि भनेनन किन भने रोकाय त्यो बेलासम्म खुलेरै केपी ओली समुहको विचारधाराको वकालत गर्न थालिसक्नु भएको थियो । पार्टीलाई जानकारी नगराई पत्रकार सम्मेलनको आयोजना गर्नु पर्ने त्यो पनि ब्यापारी नेताको घरमा भनेपछि चौतारी र प्रचार विभाग दुबै ठाउले माधव नेपालको प्रस्ताव अस्वीकार गरिदिएपछि पूर्वप्रधानमन्त्रीको हैसियतले पत्रकार सम्मेलन महासंघमा गरिदिनुपर्ने प्रस्ताव आयो महासंघले राजनीतिक दलका नेताको पत्रकार सम्मेलन गर्दैन भनेर फर्काईयो

पार्टी निकट कर्मचारीहरुको केन्द्रीय अधिवेशन नेपालगञ्जमा आयोजना गरिएको थियो । केपी गुट ईतर समुहलाई कुनै पनि पदमा आउन नदिने उद्देश्यले माकुने गुटले एकलौटी रुपमा ६५ जना प्रतिनिधि मनोनित गरेको कुरा बहिरियो । प्रतिकारमा उत्रेका केपी समुहकालाई तर्साउने, कुट्ने गतिविधि हुन थालेपछि तत्कालिन पार्टीका पोलिटव्यरोे सदस्य तथा मोर्चा संगठन विभाग प्रमुख हालका पार्टी महासचिव शंकर पोखरेलको निर्देशनमा म, डिल्ली विसी र भेषराजले सिंगो टीमको हौसला मात्र बढाएनौ । माकुने टिमलाई नै हतोत्साही बनाउदै केपी ओली निकट टिमलाई जिताएर पठाउन सफल भएका थियो ।

माकुने गुटलाई पचहत्तरे भन्न थालियो

२०७० सालको दोस्रो संविधान सभापछि एमाले संसदिय दलको नेतामा केपी ओलीले ९८ मत प्राप्त गरेर संसदिय दलको नेता चयन हुनुभयो । भने तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाल जो माधव नेपालको गुटको प्रतिनिधित्व गर्दै प्रतिश्पर्दा गर्दा प्राप्त गरेको मत ७५ थियो । माकुने गुटका सबैलाई ‘पचहत्तरे’ भनेर सम्बोधन गर्न सुरु गरियो । बाँके पार्टीको हालको जिल्ला नेतृत्वमा रहेका तथा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नेहरु ‘पचहत्तरे’ गुटकै हुनुहुन्थ्यो । हिजो केपी समुह भनेर चिनिनेहरु न त नेतृत्वमा छन् । न कुनै अवसर नै पाएका छन् ।

२०७१ सालमा बाँके जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुनेक्रममा बाँकेमा केपी ओली समुहबाट अध्यक्षमा उम्मेदवारी दिने योग्यता पुगेको व्यक्तिको अभावमा ‘पचहत्तरे’ गुटबाट बहिष्करणमा परेकाहरु पदम धिताल अध्यक्षमा, किस्मतकुमार कक्षपति उपाध्यक्ष र सचिवमा सूर्य ढकाललाई उठईएको थियो । पदाधिकारीहरु कसैले पनि जित्न सकेनन । हालका अध्यक्ष निरक गुरुङ्ग, उपाध्यक्ष रत्न खत्री, उपसचिव किशोर थापाहरु सबैजना ‘पचहत्तरे’ गुटमै थिए । उनीहरु कहिले १० बुँदे त कहिले पार्टी अध्यक्ष प्रचण्ड–माकुने भनेर सामाजिक सञ्जालमा स्टाटस लेख्ने, कोरोना कालमा माकुनेलाई भात खुवाउने कार्यमा सक्रिय थिए । पुस ५ को संसद विघटनलाई केपी ओलीको प्रतिगामी कदम भन्नेहरु ‘पचहत्तरे’ गुटका नाईके माकुनेहरु छुट्टै पार्टी खोलेर गईसके भने ‘पचहत्तरे’ गुटबाट आफ्नो स्वार्थ पुरा हुन नसकेपछि केपी गुटका कट्टर बनेका छन् ।

पार्टीको बुटवलमा भएको प्रदेश कमिटीको पहिलो अघिवेशनमा जिल्लाबाट प्रतिनिधि बनाउने क्रममा सर्बसम्मत प्रतिनिधि लिएर गएपनि तत्कालिन ईन्चार्ज सूर्य ढकालको चतुराई साथै चमेरे प्रबृत्तिका कारण ‘कोर टिम’ भनेर उम्मेदवारी दिन लगाउनेपछि टिम भित्र नपार्ने र नेतृत्वलाई गलत रिर्पोटिङ्ग गरिदिने गरेको कारण पार्टी अध्यक्षले लविङ्ग गरेको टिमले पराजय भोग्नु परेको सर्वविधितै छ ।

अहिले केपी शर्मा ओली पार्टीको अध्यक्ष मात्र नभई प्रधानमन्त्री हुनुहुन्छ । पार्टीको हरेक गतिबिधिमा बनाईने पार्टीको व्यानरमा पार्टी अध्यक्षको फोटो राख्ने अभ्यास छ । लुम्बिनी प्रदेशबाट पार्टीमा दुईजना उपाध्यक्ष, महासचिव १, उपमहासचिव १ र २ सचिव हुँदा पनि गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा आयोजित हुने प्रदेश बैठक होस वा अन्य कुनै गतिविधि पछिल्लो समयमा व्यनारबाट पार्टी अध्यक्ष ओलीको फोटो हटाईन थालिएको छ । (हेर्नुहोस तस्बीर : यी तस्बीर एमाले सचिव पद्मा अर्यालको फेशबुकबाट साभार गरिएको हो )

  पार्टीमा हिजो केपी ओली समुह भनेर चिनिएकाहरु यो वा त्यो बाहानामा किनारा लगाईनु, नेतृत्व र अवशर ‘पचहत्तरे’को हातमा पुग्नु र केपी समुहकै विश्वासपात्रको रुपमा चिनिनु भएकी नेतृ अर्यालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको मूल व्यानरमा केपी ओलीको फाटो घोडाको टाउकोबाट सिङ्ग हराए झै हराउनु साच्चिकै संयोग होईन की ?

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x