१ श्रावण २०८३, शुक्रबार
बाँकेमा शनिबार थप ४३ जना संक्रमित थपिए ४२ निको भई घर फर्के

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गत २४ घन्टामा नमूना परीक्षण गरिएकोमा ४३ जना संक्रमित थपिएका हुन् ।

भेरी अस्पतालमा गरिएको प्रयोशालामा गरिएको परिक्षणमा २४ जना,नेपालगंज मेडिकल कलेज कोहलपुरका ६ जना र बागेश्वारी ल्याबमा गरिएको परिक्षण १३ जना, गरी ४३ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् ।

बाँकेमा ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका श्रेष्ठले बताउनुभयो ।

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
Subscribe
Login
0 Comments



