१ श्रावण २०८३, शुक्रबार

बाँकेमा शुक्रबार राति ९ नबज्दै पुनः थप १४ गरी २४ कोरोना संक्रमित थपिए

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार १५:३२ मा प्रकाशित

बाँकेमा शुक्रबार १० जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र ७ पुरुष गरी १० जना पहिलो चरण र राती पौने ९ बजे दिएको जानकारी थप ४ गरी जम्मा भेरीबाट १४ जना कोरोना संक्रमित र नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा ५ जना,बागेश्वारी ल्याबमा गरिएको परिक्षणमा ५ जना गरी शुक्रबार बाँकेमा कुल संख्या २४ जना संक्रमित थपिएका हुन् । पहिलो लटमा नयाँ थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहित नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका ८ तथा जानकी र खजुरा गाँउपालिकाका १ र १ जना रहेका छन ।

शुक्रबार १० जना संक्रमित थपिएसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार ७ सय ७४ पुगेको छ । यसै बीच बाँकेमा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको धार्मिक परम्पराअनुसार शुक्रवार अन्तेष्टि गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का ५२ वर्षीय ति पुरुषको शवलाई नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गर्दै सदगद गरेकोे हो ।

शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि,५  संक्रमित निको भई डिष्चार्ज

शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि,५ संक्रमित निको भई डिष्चार्ज

नेपालगञ्ज एकलैनीका ति पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको थियो । मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राती ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान पिसिआर जाँचकालागि स्वाब संकलन गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x