३१ श्रावण २०८३, आईतवार

बाँकेमा सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) वितरण तालिका सार्वजनिक, अंग्रेजी वर्णमालाअनुसार वितरण हुने

एसीपी संवाददाता

३१ श्रावण २०८३, आईतवार २१:३२ मा प्रकाशित

नेपालगन्ज, भदौ २९ — लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालय, नेपालगन्ज, बाँकेले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को स्मार्ट कार्ड वितरणका लागि नयाँ मिति तथा तालिका सार्वजनिक गरेको छ।

कार्यालयबाट प्राप्त सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड सेवाग्राहीहरूले सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अंग्रेजी वर्णमाला (Alphabet) का आधारमा वितरण तालिका निकालिएको हो।

सेवाग्राहीका लागि कार्यालयको महत्त्वपूर्ण निर्देशन सेवाग्राहीले आफ्नो राजस्व बुझाएको सक्कल रसिद साथमा लिएर तोकिएको मितिमा मात्र कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ।वैदेशिक रोजगारी वा अन्य कुनै विशेष प्रयोजनका लागि अतिआवश्यक परेको खण्डमा आवश्यक कागजपत्रसहित निवेदन पेस गरेमा मात्र अन्य अल्फाबेटको कार्ड पनि उपलब्ध गराइने व्यहोरा कार्यालयले जानकारी गराएको छ। राजस्व बुझाएको सक्कल रसिद हराएको अवस्थामा यातायात व्यवस्था कार्यालयमा ट्राफिक प्रहरीको सिफारिस पत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

स्मार्ट कार्ड वितरण मिति र तालिका A, B, C बाट नाम सुरु हुने २०८३ भाद्र १, २, ३ / D, E, F बाट नाम सुरु हुने २०८३ भाद्र ४, ५ / G, H, I बाट नाम सुरु हुने २०८३ भाद्र ८, ९ / J, K बाट नाम सुरु हुने २०८३ भाद्र १०, ११ / L, M बाट नाम सुरु हुने २०८३ भाद्र १५, १६ / N, O बाट नाम सुरु हुने २०८३ भाद्र १७, १८ / P बाट नाम सुरु हुने २०८३ भाद्र २२, २३ / R बाट नाम सुरु हुने २०८३ भाद्र २४, २५ / S बाट नाम सुरु हुने २०८३ भाद्र २६, २७, ३० / T-Z बाट नाम सुरु हुने २०८३ भाद्र ३१ अंग्रेजी वर्णमाला (Alphabet) का आधारमा स्मार्ट कार्ड वितरण हुने।

कार्यालय प्रमुख कालिकास वस्यालद्वारा जारी गरिएको यस सूचनाले लामो समयदेखि स्मार्ट कार्डको प्रतीक्षामा रहेका यस क्षेत्रका सेवाग्राहीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x