१ श्रावण २०८३, शुक्रबार

बाँकेमा सोमबार २१ महिला ३१ पुरुष गरी ५२ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

५ आश्विन २०७७, सोमबार १०:३८ मा प्रकाशित

बाँकेमा सोमबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर रिपोर्टमा ४३ जना तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको रिपोर्टमा एक जना गरि कुल ८ जनामा कोरोना पोजेटिभ देखिए र बागेश्वारी ल्याबमा १ जना गरी ५२ जना कोरोना संक्रमित रहेको श्रेष्ठले बताएका छन् ।

कोरोना पोजेटिभ हुनेमा २१ महिला ३१ जना पुरुष गरी ५२ जनामा सोमबार कोरोना पुष्टि भएको छ । बाँकेमा अहिले सम्म १ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या १ हजार २ सय ५० पुगेको छ । कोरोना बाट बाँकेमा ११ जनाको ज्यान गएको छ । अहिले ३ सय ९० जना उपचारमा रहेको फोकल पर्सन श्रेष्ठले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x