१२ असार २०८३, शुक्रबार
बाँकेमा ११ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा गरिएको पिसिआर परिक्षणमा ११ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा गरिएको परिक्षणमा नेपालगञ्जका ११ र बर्दियाका ५ गरी १६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रवार बाँकेमा थपिएका ६० जना संक्रमितमध्ये ४१ जना पुरुष र १९ जना महिला रहेका थिए । संक्रमितहरुको सँख्या १ हजार २ सय १० पुगेको छ । यसै बीच फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेमा शनिबार १४ जना डिस्चार्ज भई घर फकिर्ने बताए । बाँकेमा निको हुनेको संख्या ८ सय १७ पुगेको छ । अहिले ३ सय ८७ जना उपचाररत रहेका छन् भने बाँकेमा ६ जनाको मृत्यू भएको छ ।
Subscribe
Login
0 Comments



