२ श्रावण २०८३, शनिबार
बाँकेमा ४४ जना कोभिड १९ कोरोना संक्रमण मुक्त भई डिस्चार्ज
बाँकेमा आज शुक्रबार तिहारको पहिलो दिन काग तिहारको शुरु भएको रकझमका बेलामा पनि ४४ जना कोभिड १९ कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
जिल्लामा रहेका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनबाट २६ जना महिला र १८ जना पुरुष गरि ४४ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँके र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
कात्तिक १८ गते कोभिड पुष्टि भएपछि विभिन्न आइसोलेसनमा आइसोलेट भएका उहाँहरु डिस्चार्ज भएसँगै बाँकेमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ हजार २३८ पुगेको छ । अहिले बाँकेमा होमआइसोलेशनको सुविधा रहेको छ ।
अब जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका २४८ जना र जिल्ला वाहिरका २५ जना गरि २७३ जना स्वास्थ्य लाभ गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
Subscribe
Login
0 Comments


