बाँके युनेस्को कल्ब र प्लान इन्टरनेशनल नेपालद्वारा राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्रथम सहायता अभिमुखीकरण
बाँके युनेस्को कल्ब र प्लान इन्टरनेशनल नेपालद्वारा राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्रथम सहायता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
तराई जिल्लाहरूमा हुने भीषण वर्षा र स्थानिय जलमग्नता सम्बन्धी एन-२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत बीयूसीले प्लान इन्टरनेशनल नेपालसँग सहकार्य गर्दै र यूके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिकाको वडा नं. ९ मा मनोसामाजिक प्रथम सहायता (पीएफए) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो।
वडा नं. १, २, ४, ५ र ६ का जम्मा १७ जना स्वयंसेवकहरू (१४ महिला र ३ पुरुष) ले उक्त अभिमुखीकरणमा भाग लिनुभयो। प्रशिक्षणले पीएफएको आधारभूत सिद्धान्त र सिद्दान्तहरू, स्थिरीकरण विधिहरू, र हस्तक्षेपका लागि लक्षित समूहहरूमा स्पष्टता प्रदान गर्यो। कार्यक्रमको सञ्चालन श्री बसन्त बीसीले, साथै बीयूसीका कर्मचारी श्री नदीम शाह र श्री अर्पित सिंहले गर्नुभएको थियो।




