१२ भाद्र २०८३, शुक्रबार

बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम राजापुर नगरपालिकामा सम्पन्न

एसीपी संवाददाता

७ भाद्र २०८२, शनिबार २१:०६ मा प्रकाशित

 

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा न. ६ मा सम्पन्न गरेको छ।

कार्यक्रममा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी को प्रमुख आथित्यमा भयको थियो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष आशाराज न्यौपाने ले गर्नु भयाको थियो । कार्यक्रममा वडा सदस्यहरू, विद्यालयका प्र अ , वडा सचिव तथा कर्मचारीहरू, सामुदायिक अगुवा, धार्मिक अगुवा, बाल क्लबका सदस्यहरू, युवा दूतहरू तथा स्थानीय युवाहरूको सक्रिय उपस्थिति रहेको थियो।

यस संवादले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यका लागि सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको छ। —एकता र दृढ संकल्पका साथ हामीले बाल बेचबिखन जस्तो गम्भीर समस्यालाई अन्त्य गर्न सक्दछौँ।

कार्यक्रमको सञ्चालन राजापुर नगरपालिकाको महिला तथा बालबालिका इकाई प्रमुख अनिता चौधरीले गर्नुभएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x