१२ असार २०८३, शुक्रबार

बाँके युनेस्को क्लब द्वारा जोखिममा रहेका बालश्रमिकका परिवारलाई खाद्यान्न सहयोग

एसीपी संवाददाता

७ आश्विन २०७७, बुधबार १३:२८ मा प्रकाशित

तस्बिर सिराज खाँन

बाँके युनेस्को क्लबले जोखिममा रहेका बालश्रमिकका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

तस्बिर सिराज खाँन


सक्रिय परियोजना अन्तरगत बुधवार युनेस्कोले नेपालगन्जमा रहेका १ सय २६ जना बालश्रमिकका परिवारलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।

तस्बिर सिराज खाँन

बिश्व शिक्षा काठमाडौंको आर्थिक सहयोग तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सो सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिनुभएको छ । सिद्दिकीका अनुसार प्रत्येक परिवारलाई २५ किलो चामल, पिठो ५ किलो, दाल २ किलो, नुन २ किलो, चिनी २ किलो, साबुन ४ थान र मास्क ४ थान रहेको छ ।

तस्बिर सिराज खाँन

क्लबका अध्यक्ष राजेन्द्र चौधरीले कोरोना महामारीका कारण खाद्यान्न सामाग्री अभाव भएका बालश्रमिकका परिवारलाई राहत पुगोस भन्ने उद्देश्यले राहत प्रदान गरिएको बताउनुभयो । क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष चौधरी, सल्लाहकार सिराज खान, सल्लाहकार नरेन्द्र थापा लगायतले बालश्रमिकका परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

तस्बिर सिराज खाँन

बाँके युनेस्कोले यसअघि पनि कोरोना महामारीलाई मध्यनजर गर्दै बाँके र बर्दियाका बिभिन्न स्थानहरुमा कोबिड १९ बिरुद्धका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x