बाकेमा ठुलो परिमाणको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको ठुलो परिमाणको अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहाय्क निरीक्षक तिर्थ भाटको कमान्ड गएको गस्ती टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ को जमुनहामा भारतबाट भित्रीदै गरेको अवैध कपडा लगायतका सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका अवैध सामाग्रीमा १९३ मिटर सुटको थान कपडा, १२२.२५ मिटर उलन सादा थान कपडा, २ ९०.५ मिटर उलन प्रिंटेड थान कपडा, १४ दर्जन बेल्ट, १२ मिटर रेग्जिन र ३० जोर जुत्ताको पाता रहेका छन् । बरामद गरिएका अवैध सामग्रीको मूल्य २ लाख ६१ हजार ५४३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीको व्यापक सिमा गस्तीका कारण धमाधम भारतबाट ल्याइँदै गरिएका अवैध सामाग्री बरामद हुँदै आइरहेका छन् ।


