बाकेमा थप दुई जना बाहिरी जिल्लाका सन्क्रमितको मृत्यु
कोभिड १९ कोरोना भाईरसबाट ५ नम्बर प्रदेशमा समेत मृत्युको दर बढेको छ । बाकेमा बाहिरी जिल्लाका सन्क्रमित रहेकाले दिनहुँ जसो कोरोना बाट मृत्युको समाचार आउने गरेको छ । यसै बिच कोरोना संक्रमणका कारण बाके बाहिरी जिल्लाका एकैरात थप दुई जनाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ । योसँगै दाङबाट उपचारका लागि आएका मध्ये मृत्यु हुनेको संख्या २० पुगेको छ । यसअघि तीन महिला र १५ पुरुष गरि १८ जनाको मृत्यु भएको थियो ।
शनिवार मध्यरातमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ बर्षिय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । घोराहीका ६७ बर्षिय पुरुषमा उच्च रक्तचाप र तुलसीपुरका ६८ बर्षिय पुरुष मधुमेह रोगबाट ग्रसित भएको उनले बताए । दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।


