२ श्रावण २०८३, शनिबार

बाकेमा हेल्पडेस्क सहजकर्ताहरुलाई प्रतिबेदन लेखन तालिम

एसीपी संवाददाता

२३ कार्तिक २०७७, आईतवार ०३:२४ मा प्रकाशित


फाइल तस्बिर । बासले हेल्पडेस्क सहजकर्ताहरुका लागि एक दिने प्रतिबेदन लेखन तालिम प्रदान गरेको छ ।
कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहयोग गर्ने तथा कार्यालयको कामलाई थप प्रभावकारि बनाउने उद्धेश्यले सञ्चालीत हेल्पडेस्क कार्यक्रमका सहजकर्ताहरुलाई तालिम प्रदान गरिएको हो । बासले नियमति रुपमा आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धी गर्दै आएकोमा यस पटक प्रतिबेदन लेखन तालिम प्रदान गरेको हो । हेल्पडेस्क सहजकर्ता सम्मीलित तालिममा प्रभावकारि सञ्चार, प्रतिबेदन लेखन तथा अनुगमन मूल्यांकनका विभिन्न बिषयमा बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए भने कार्यक्रमको कार्ययोजना, भईरहेका क्रियाकलाप र गुनासोका बिषयमा बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले सहजिकरण गरेका थिए । अभिमुखिकरण तालिम समापन कार्यक्रममा बोल्दै सहभागि हेल्पडेस्क सहजकर्ता गणेश पाण्डेले राम्रो प्रतिबेदन कसरी लेख्ने भन्ने बारेमा थप जानकारी हासिल भएको भन्दै तालिम निकै प्रभाकारि भएको बताए । यसैगरी तालिमका अर्का सहभागि सिन्धु धर्कत्वाले प्रतिबेदन लेखन र गुनासो संकलनका बारेमा नयाँ कुराको जानकारी हासील भएको बताए । आगामी दिनमा सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरिन् ।
अभिमुखिकरण तालिमको शुरुवातमा तालिमको उद्धेश्यमाथि प्रकाश बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए । तालिममा सहभागि हेल्पडेस्क कर्मचारीहरुले कार्यक्रमको क्रममा सम्हालेका अनुभवहरु तथा प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । डुडुवा गाँउपालिकाको सहयोगमा सम्पन्न तालिममा धन्यबाद ज्ञापन सहित तालिमको समापन बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले गरेका थिए । तालिम समापन कार्यक्रममा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, केन्द्रीय महासचिब शिव कुमार बर्मा, निमित्त कार्यकारी निर्देशक हेमराज भट्ट, जन सम्पर्क अधिकृत मुना बिष्ट, हेल्पडेस्क संयोजक रबिन्द्र बोहरा, कार्यक्रम सहायक शुद्ध प्रशाद चौधरी लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।
बासले बाँकेको नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज २,४,५,१०,११,१३,१४,१६,२० र २२ मा, डुडुवा गाँउपालिका र मातहतका सबै वडाहरु, नरैनापुर गाँउपालिका, राप्तीसोनारी गाँउपालिका, जिल्ला प्रशासन कार्यालय र जमुनाहा नाकामा नागरिक सहायता कक्ष सञ्चालन गर्दै आएको छ । बासले विभिन्न समयमा कर्मचारीहरुको क्षमता अभिबृद्धीका लागि तालिम तथा अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x