२ श्रावण २०८३, शनिबार

बाके निवासी कोरोना संक्रमितको सुर्खेतमा मृत्यु

एसीपी संवाददाता

१ मंसिर २०७७, सोमबार १२:०४ मा प्रकाशित

प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका १ घर भई हाल विरेन्द्रनगर नगरपालिका ११ सुर्खेत बस्ने ६२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि कात्तिक २६ गते प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पुगेका उनमा सोही दिन कोभिड संक्रमण पुष्टि भएको थियो ।
आइसोलेसन वार्डमा राखि विरामीको उपचार सुरु गरिएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको आज मंसिर १ गते सोमबार बिहान ५:५५ मा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x