बाङ्लादेशमा हिन्दुहरु माथी हमला जारी , २० घरमा आगजनी
०१ गते कार्तिक २०७८ सोमबार । “बंगलादेशमा हिन्दुहरु माथी हमला रोकिएको छैन । आन्दोलनकारीहरुले थप २० हिन्दु घरहरु जलाएका र पुलिस संग झडप भएको हो ।बाङ्लादेशमा फेरि हिन्दु मन्दिरमा तोडफोड ; ३ जनाको मृत्यु ५०० बढी घाइते
बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार अगाडि बढी रहेको छ । हिन्दुहरुको मुख्य चाड दुर्गा पूजा मा १३ अक्टोबर बाट शुरू भएको हिंसा अझै रोकिएको छैन । बंगलादेशको कोमिलामा दुर्गा पूजा पण्डलमा आक्रमण भएपछि आइतबार रंगपुरको पीरगन्ज, उपजिल्लामा हिन्दुहरुको घरमा आगो लगाएको समाचार आएको छ ।बाङ्लादेशमा फेरि हिन्दु मन्दिरमा तोडफोड ; ३ जनाको मृत्यु ५०० बढी घाइते
बंगलादेशमा, साम्प्रदायिक हिंसाहरु बाहिर आउन शुरु भएको छ । उपनगर, पीरगन्जमा हिन्दुहरुको घरहरुमा आगो लगाउने घटना सार्वजनिक हुदै गएको हो । बङगलादेशको मिडिया हाउस ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार आइतबार घटना पीरगन्जको रामनाथपुर युनियनको मझीपाराको जेलपोलीमा भएको थियो।
कुरानको कथित अपमानको मामलामा बंगलादेशमा हिन्दुहरु बिरुद्धको हिंसा रोकिएको छैन। मिडिया रिपोर्टका अनुसार बंगलादेशमा हिन्दू बौद्ध क्रिश्चियन एकता परिषदले कट्टरपन्थीहरुको हिंसाको विरोधमा २३ अक्टोबरदेखि भोक हड्तालको घोषणा गरेको छन। यो संगै, बाङ्लादेशकि प्रधानमन्त्री शेख हसिनाले यस विषयमा कडा कारबाही गर्न भने एक्सन नलिएको गुनासो गरेका छ्न । उनीहरुले चेतावनी दिएका छन् कि यदि अभियुक्तहरु विरुद्ध कारबाही नभए उनीहरु ठूलो आन्दोलन गर्ने छन्।
पीटीआईका अनुसार बंगलादेशको लगभग हरेक कुनामा हिन्दू समुदायका मानिसहरु बिरूद्ध हिंसा आगजनी जारी रहेको छ ।




[…] ४ गते कार्तिक २०७८ । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि योजनावद्ध रुपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालस्थित बंगलादेशको दूतावासअगाडी प्रदर्शन भएको छ ।बाङ्लादेशमा हिन्दुहरु माथी हमला जारी… […]