९ मंसिर २०८३, मंगलवार
बार्षिक रुसी बैठकमा मोदी सहभागी नभई प्रतिनिधिको रुपमा विदेशमन्त्री जयशंकरलाई पठाए
एजेन्सी । बार्षिक रुसी बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नभई आफना प्रतिनिधिको रुपमा विदेशमन्त्री एस जयशंकरलाई पठाएका छन् ।
वार्षिक रुसी बैठकमा भाग लिने क्रममा विदेशमन्त्री एस जयशंकर रुसी नेताहरूसँग भेट्न पाँच दिने भ्रमणका लागि मस्को पुगेका हुन् ।
युक्रेन युद्धका बीच गत वर्ष पनि प्रधानमन्त्री मोदी वार्षिक शिखर सम्मेलनमा भाग लिन रुस गएका थिएनन् । विशेष गरी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि दिल्लीमा भएको जी २० शिखर सम्मेलनमा सहभागी भएनन् ।
बार्षिक रुसी बैंठकमा भाग लिन रुस पुगेका जयशंकरले सोमबार रुसी प्रतिनिधिसँग वार्ता गरेका थिए ।
Subscribe
Login
0 Comments


