१३ आश्विन २०८३, मंगलवार

बालमैत्री र महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सुनवलमा सम्पन्न

एसीपी संवाददाता

२९ चैत्र २०७७, आईतवार ०३:०१ मा प्रकाशित

उर्मिला यादव यात्री
चैत २८

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर दश खखरीबारीमा बालमैत्री र महिनावारी सम्बन्धी सचेतना कार्यक्रम शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । नारीका लागि उपहार अभियान र वडा बाल संजाल सुनवल दशको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । वडा बाल संजाल सुनवल दशकी अध्यक्ष आशिका गैरेको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १० कि वडा सदस्य गिता बस्यालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नारीका लागि उपहार अभियानका संयोजक समीर परियारले सहजिकरण गर्नु भएको थियो । परियारले कार्यक्रमको सहजीकरण गर्दै महिनावारीको बिषयमा हाम्रो समाजमा रहेका कुुसंस्कारलाई अन्त्य गर्दै सकरात्मक सोचका साथ अघि बढनु पर्नेमा जोड दिनु भएको थियोे । कार्यक्रममा बोल्दै अभियान कर्ता परियारले महिनावारीका बेलामा देखिने लक्षण, ध्यान दिनुपर्ने कुरा लगायत खानपानमा ध्यान दिनुपर्ने बिषयमा जानकारी दिनु भएको थियो । उहाले नेपाललाई महिनावारी मैत्री नेपाल बनाउने अभियानका साथ बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको समेत बताउनु भएको छ । यस्तैगरी सबिता न्यौपानेको अध्यक्षतामा २१ सदस्यिय वडा बाल संजाल सुनवल १० पुन गठन गरीएको छ । जसको उपाध्यक्षमा अभिषेक पाण्डे, सचिवमा पुजा श्रेष्ठ, सहसचिवमा सुस्मा थापा, कोषाध्यक्षमा शरिस्मा बिक रहनु भएको छ भने सदस्यहरुमा मनिषा कवर, कुशल भटटराई , जानकी कवर , निसा बिक, निकिता छन्तेल, आशिका कवर, रोशनी कुवर , प्रेम न्यौपाने , एन्जिला कवर , बिजय चापागाइ , अनुप तिवारी , अशिम बस्याल, शाहिल खान, समिर कवर, दिपिका पाण्डे , र रश्मि थापा रहनु भएको छ । कार्यक्रममा बालमैत्री स्वयमसेवक सुनिता पाण्डे , नारीका लागि उपहार अभियानकर्ता समिर परियार, वडाका सम्पुर्ण बालक्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x