१३ आश्विन २०८३, मंगलवार

बिद्रोही समुह हमास कै कब्जा छन् बिपिन जोशी ?

एसीपी संवाददाता

१६ कार्तिक २०८०, बिहीबार ०७:५६ मा प्रकाशित

शनिबार बिहानै इजरायलमा भएको आतंबादी हमलापछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्क विहिन छन्।

आमा पद्मासँग शनिबार कुरा गर्ने भनेर फोन राखेका विपिनले उताबाट फोन गरेनन्। त्यसैले पद्माले बिहानैदेखि फोन लगाउँदा उनको फोनमा सम्पर्क हुन सकेन।

आइतबार पढाउन विद्यालय पुगेपछि अन्य स्टाफले इजरायलमा गोलाबारी चलिरहेकोबारे जानकारी गराए । त्यसपछि भने पद्माको मनमा चिसो पस्यो । उनको होस–हवासै उड्यो । मन थिर हुन सकेन । शनिवारदेखि छोरा सम्पर्कमा नआउनुको कारण उनले बल्ल पत्ता लगाइन् ।

त्यसपछि पनि उनले छोरालाई पटकपटक फोन सम्पर्कका लागि प्रयास गरिन् । तर, उनको प्रयास अहिलेसम्म सार्थक हुन सकेको छैन । विपिन शनिबारदेखि अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।

सुदूरपश्चिम विश्वविद्यालयमार्फत ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल पुगेका जोशी सम्पर्क विहिन भएपछि घर परिवार चिन्तित छन । उनीसँगैका १० जना साथीले ज्यान गुमाएको घटनाले झन उनीहरुको होस ठेगानमा आएका छैन।

यता, तेलअभीस्थित एक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । ती तीनै जनाको परिचय खुल्न सकेको छैन । तीमध्ये विपिन हुन सक्ने अनुमान गरिएको इजरायलमा रहेका विद्यार्थी नितिन भण्डारीले गरेका छन्।

अनुसार चिन्न सकिने अवस्था नभएकाले पनि यही हो भनेर ठम्मउन नसकिएको उनको भनाई छ। अप्रेशन थिएटरमा गइसकेकाले अप्रेशन सकिएपछि मात्रै उनी हुन् वा होइनन् भन्नेबारे यकिन हुने नितिनले वताए।

उनको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास, अस्पताल, स्थानीय सुुरक्षा संयन्त्र, नेपाली संघ संस्थाका प्रतिनिधिहरू सक्रिय रहेको दूतावासले जनाएको छ ।

विपिन गत भदौ अन्तिम साता मात्रै इजरायल पुगेका थिए । उनीसँगै सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थी इजरायल गएका थिए । आक्रमणमा परी १० जनाको नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थीलाई अर्को सुरक्षित स्थानमा सारिएको छ। नेपालआज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x