२३ आश्विन २०८३, शुक्रबार

बिप्लवका”असल’ भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाल पक्राउ

एसीपी संवाददाता

१ पुष २०७७, बुधबार २३:३८ मा प्रकाशित

धनगढी: नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ‘असल’ भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई लम्कीचुहा नगरपालिकाबाट पक्राउ गरिएको बताए।

उनका अनुसार ढकाललाई लम्कीचुहास्थित घरबाटै पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा पक्राउ गरिएका ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ढकालका परिवारले भने पार्टीगत आस्था भएकै कारण प्रहरीले कुनै गतिविधिमा संलग्न नभएर घरमा बसिरहेका बेला पक्राउ गरेको आरोप लगाएका छन्। दिनेशखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x