३ श्रावण २०८३, आईतवार

बिश्व भरी कोरोना सक्रमण पुष्टिका संख्या ६ करोड माथी

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार ०४:०२ मा प्रकाशित

विश्वभर कोरोना भाइरस सक्रमण पुष्टि हुनेहरुको संख्या ६ करोड २३ लाख ६३ हजार ५२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ९६ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै कोरोना संक्रमणका कारण गएको २४ घण्टामा ७ हजार ६९७ जनाको मृत्यु भएसँगै संक्रमणकै कारण विश्वभर ज्यान गुमाउनेहरुको संख्या १४ लाख ५६ हजार ६८७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ।

भारत, अमेरीका, बा्जिल लगायतका देश कोरोना संक्रमणका कारण बढी प्रभावित छन् । भारतमा मात्र हालसम्म ९४ लाख ३१ हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यहाँ हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १३९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x