बिश्व शान्तिको कामना गर्न प्रधानमन्त्री ओलि पुगे पशुपतिनाथ मन्दिरमा
सोमबार बिहान प्रधानमन्त्री केपी ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गरेका छन् ।
सोमबार बोहनै ८ बजे धर्मपत्नी राधिका शाक्यसहित बिहान पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए । अहिले देशमा चलिरहेको राजनीतिक उथलपुथलका बिच आज सोमबार मन्दिर पुगेर पुजा अर्चना गरेका हुन ।
पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।
विशेष पूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रधानमन्त्रीलाई प्रसाद लगाइदिएका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको पनि कोषले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधारको पक्षमा रहेका ओलीले हिन्दूधर्ममा रुचि देखाउन थालेका छन । अहिले नेपाल् भारत सम्बन्ध सुधार भएको बेला भारत तर्फबाट समेत बैश्विक महामारीका रुमाल रहेको कोरोना विरुद्धको खोप भारतले अनुदानमा दिएको छ ।



