२ श्रावण २०८३, शनिबार

बिहानै किन गरे बाबुरामले प्रचण्डलाई फोन

एसीपी संवाददाता

१६ कार्तिक २०७७, आईतवार ०८:२८ मा प्रकाशित

आइतबार बिहानै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे ।

स्रोतका अनुसार डा.भट्टराई र प्रचण्डबीच करिब आधा घण्टा कुराकानी भयो ।

त्यसक्रममा डा.भट्टराईले प्रचण्डलाई नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान सहेर नबस्न सुझाव दिएका छन् । यसको जवाफ प्रचण्डले डा. भट्टराईलाई नदिएको पनि जनाइएको छ ।

नेकपा भित्रको विवाद सतहमा रहेका बेला डा.भट्टराईले प्रचण्डलाई फोन गरेका हुन् ।

दुबै नेता पूर्व माओवादीमा पहिलो र दोस्रो वरियतामा रहेर लामो समय संगै राजनीति गरेका व्यक्ति हुन् ।

१० वर्षे सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियाको अन्तिम चरणसम्म पनि सँगै पार्टीमा बसेर प्रचण्डसँग सहकार्य गरेका भट्टराई संविधान जारी भएलगत्तै पार्टी परित्याग गरेर नयाँ शक्ति गठनको अभियानमा जुटेका थिए।

त्यसपछि दुई नेताबीच लामोे समयसम्म आरोप- प्रत्यारोप चलेको थियो। हाल डा. भट्टराई जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष छन् ।

पुराना सहयात्री प्रचण्ड र भट्टराई केही समय अघि संगै मञ्चमा देखा परेका थिए ।

स्वर्गीय भक्ति पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’ को विमोचन समारोहमासँगै देखिएका प्रचण्ड र भट्टराई दुवैले आफूहरु मिल्ने परिस्थिति आएकोे बताएका थिए। अहिलेसम्मका राजनीतिक उपलब्धि जोगाउन आफूहरुको सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ थियो।

कार्यक्रममा प्रचण्डले आफूहरुलाई एकअर्काको भावना बुझ्न कठिन नभएको भन्दै सहकार्यको आवश्यकता औल्याए।

स्वर्गीय भक्ति पाण्डेको चाहाना पनि प्रचण्ड र बाबुराम एकै ठाउँमा रहुन् भन्ने रहेको स्मरण गर्दै प्रचण्डले विमतिकाबीच पनि सहमतिको विन्दु भेटिने विश्वास व्यक्त गरे ।

प्रचण्डले सहकार्यको कुरा गरेपछि बाबुरामले पनि सोही आशयको भनाइ राखेका थिए। प्रचण्डसँग विचार नमिलेका कारण नयाँ शक्ति गठन गरेको स्पष्टिकरण दिँदै बाबुरामले हालसम्म प्राप्त ऐतिहासिक उपलब्धि रक्षाका लागि आफूहरुबीच सहकार्य हुने बताएका थिए । राजनीति,कम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x