१२ मंसिर २०८३, शुक्रबार

बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित

एसीपी संवाददाता

१६ फाल्गुन २०७७, आईतवार १७:०२ मा प्रकाशित

राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनको जितमा मिलन लिम्बुले ह्याट्रिक गरे । पहिलो हाफमा दुई गोल गरेका मिलनले दोस्रो हाफमा एक गोल गरेका थिए । खेलको २१ औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइजको अग्रता २–० को बनाए । त्यसपछि खेलको ५७ औं मिनेटमा मिलनले ह्याट्रिक पुरा गर्दै ब्वाइजलाई ३–० को जित दिलाए । जितसंगै ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ ।

ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ । नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x