बुधबार ५२ जनामा कोरोना संक्रमण ७७ निको

बाँकेमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका ८ जनासहित बाँकेमा ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । हालसम्म ९ सय १५ जना निको भएका छन् । ८ जनाको भने मृत्युु भइसकेको छ ।

भेरीमै गरिएको परिक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा ७ सय ३७ स्वाब परिक्षण गर्दा ५८ जनामा कोरोना देखिएको भेरीले जनाएको छ । यसै बीच बुधबार ठुलो संख्यामा कोरोना संक्रमित निको भई घर फर्किदै छन् । ७७ जना कोरोनामुक्त भई डिस्चार्ज हुने भएका छन् । भेरी अस्पताल नेपालगञ्जका एक डाक्टर, नर्स र कोहलपुरस्थित कौशिल्यानगर व्यारेकका ५१ जना नेपाली सेनासहित ७७ डिस्चार्ज भएका हुन् । उनीहरु १४ दिने आइसोलेशनको बसाईपछि बुधवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जारी गरेको प्रेस नोट जनाएका छन् । उनीहरुमा भदौ १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । हाल जिल्लाका विभिन्न आइसोलेशनमा ३ सय ५० जना रहेका छन् । कोरोना संक्रमणबाट बाँकेमा ८ जनाको मृत्यु भइसकेको छ ।


